धौलागिरि लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?

काठमाडौं, साउन २४ ।  २४ । धौलागिरि लघुवित्त वित्तिय संस्थाको आईपीओमा आवेदन खुलेको छ।कम्पनीले आजदेखि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।

जमा ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका सर्वसाधारणले आवेदन दिन सक्ने गरि आईपीओ खुल्ला गरेको हो।

आइपीओमा साउन २९ गते भित्र आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्रि प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले आईपीओ निष्काशनपछि १० करोड ३१ लाख रुपैयाँ पुँजी पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्