अभियान लघुवित्तको आईपीओमा करिब साढे २० लाखको आवेदन !

काठमाडौं, साउन २२ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा करिब २० लाखको आवेदन परेको छ । साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब २४ गुणा बढी आवेदन परेको हो ।

सीडीएसका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार १९० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले साउन १८ गतेदेखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । आइपीओमा २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

आईपीओ पर्न भाग्यकै भर पर्नु पर्ने भएको छ । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्