आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्छ : मन्त्री भुसाल
काठमाडौं, साउन २० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन् । उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्ने औंल्याएकी छन् ।
उनले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन् । मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताइन् ।
उनले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताइन् । त्यस्तै, देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड गर्नुपर्ने पनि उनले बताएकी छन् । पर्यटक भित्र्याउन सके नेपालको आर्थिक क्षेत्रमा टेवा पुग्ने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्