थप ७६० मा कोरोना संक्रमण, सक्रिय संक्रमित संख्या ५,६०२ पुग्यो

काठमाडौं , साउन १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच हजार ९२६ वटा नमुना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५,६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाबाट आज १ जनाको मृत्‍यु भएको छ ।मन्त्रालयका अनुसार ५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्