काठमाडौंको सुनधारामा रहेको गुलाब मिठाई पसलमा भिषण आगलागी ,आगलागी नियन्त्रणमा लिने प्रयास जारी

काठमाण्डौं । काठमाडौंको सुनधारामा रहेको गुलाब मिठाई पसल रहेको भवनमा आगो लागेको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयसँगै रहेको त्यो भवनमा लागेको आगोलाई दमकलले निभाउने प्रयास गरिरहेको छ ।

आगलागीबाट के कारणले लाग्याे र के–कति क्षति भयो भन्ने बारे अहिलेसम्म केही जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्