सुन र हतियारसहित दुईजना पक्राउ

काठमाडौं, साउन १९ ,  धादिङमा सुन र हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा खनियाबास गाउँपालिका–४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ छन् ।

निलकण्ठ नगरपालिका–३ धादिङबेसी थोपल खोलास्थित सडकबाट सुनसहित अमेरिकी डलर ५० दरको नोट ९७ थान र १०० दरको नोट १६३ थानसहित उनीहरुलाई पक्राउ गरेको हो ।

लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग.१ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई सुन र अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले बेग बहादुर तामाङको घर तालसी गर्दा घरमा लुकाई राखेको दुईथान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २० राउण्ड, १ थान कटुवा पेस्तोल र बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु ५ थान फेला पारी बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्