नेपालमा एकैदिन थपिए ९१५ कोरोना संक्रमित, ४५ जना आईसीयू र भेन्टिलेटरमा

काठमाडौं, साउन १८ । पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टीजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा थप ३०१ जना संक्रमणमुक्त भएका छन्। बुधबार थपिएकासँगै देशभर सक्रिय कोरोना संक्रमितको सख्या ५ हजार ४३३ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैले ज्यान नगुमाएको मन्त्रालयले बताएको छ।

यता काठमाडौं उपत्यकामा पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४२२ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३३७, भक्तपुरमा ३२ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।

आज देशभर रहेका पाँच हजार ४३३ जना सक्रिय संक्रमितमध्ये पाँच हजार २७५ जना होम आइसोलेसनमा र १५८ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये ४३ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्