सनराइज बैंकले सुरु गर्यो नेपालपे क्युआर सेवा

काठमाडौं, साउन १७ । सनराइज बैंकले नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ।

सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस लिका प्रमुख कार्यकारी अधिकृत निलेस मान सिंह प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरेका हुन्।

सनराइज बैंकका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपालपे क्युआर मर्चेन्टहरुमा सजिलै झुक्तानी गर्न सक्नेछन्।

सनराइज बैंकमार्फत क्युआर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायीहरुले नेपालपे क्युआर स्ट्यान्डी प्राप्त गर्न पनि सक्नेछन्।

बैंकले २० हजारभन्दा बढी मर्चेन्ट नेटवर्क ( पस तथा क्युआर), १५९ एटीएम, १३९ शाखा, १३ वटा एक्सटेन्सन काउन्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्