अजोड इन्स्योरेन्सको अभिकर्ता तालिम कोहलपुर नगरमा सम्पन्न

काठमाडौं, साउन १७ । बीमा समितिको स्वीकृतिमा अजोड इन्स्योरेन्स लिमिटेडले बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ।

यही साउन १४, १५ र १६ गते कम्पनीले तालिम आयोजना गरेको हो।

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्सबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए। उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो।

कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार छेत्री साउदले गरेका थिए। अजोड इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालिम सञ्चालन गरेको हो।

कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्