थप ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित ५ हजार नाघे

काठमाडौं, साउन १७ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ ।

आज मात्रै थप ८ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५ हजार ४१५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५०९ तथा एन्टीजेन विधिबाट ३०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २९९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा निको हुने दर ९८।३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भइसकेको छ । यता थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्