काठमाडौंमा किशोरीमाथि एक सातासम्म सामूहिक बलात्कार : बसका चालकसहित ५ जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई एक सातासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। काठमाडौंमा ५ जना व्यक्तिले उनीमाथि बलात्कार गरेका हुन्।

फागुन १७ गते बल्खुबाट कीर्तिपुर जान बा ४ ख ३८५१ नम्बरको बसमा चढेकी उनीमाथि चालक तथा सहचालकले बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्नहरु पक्राउ परेका छन्।

सुरुमा उनलाई चालक सन्तोष घिमिरे र दिवस गड्तौलाले बसुन्धरास्थित एक ग्यारेजमा लगेर बलात्कार गरेका थिए। भोलिपल्टदेखि घिमिरेको हरिसिद्धीस्थित कोठामा लगेर बन्धक बनाइयो र त्यहाँ पनि ६ दिनसम्म बलात्कार गरिएको प्रहरीले जनाएको छ। फागुन २७ गते स्वयम्भू घुमाएर नजिकैको ग्यारेजमा लगेर उनीमाथि पुन: बलात्कार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्