नबिल बैंकको सञ्चालकबाट उदयकृष्ण बाहिरिए, एआरएम नजमुस नियुक्त

काठमाडौं, साउन १७ । नबिल बैंकको सञ्चालकबाट उदयकृष्ण उपाध्याय बाहिरिएका छन्।बैंकको सञ्चालक समितिका १३ गते बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।

त्यस्तै संस्थापक सेयरधनी आईएफआईसी बैंकको तर्फबाट एआरएम नजमुस शकिव नयाँ सञ्चालकमा नियुक्त भएका छन्।

सोही दिन बसेको बैठकले शकिवलाई आगामी साधारणसभासम्मको लागि सञ्चालक नियुक्त गरेको हो।

बैंकको संस्थापक सेयरधनी एनबी इन्टरनेशनलको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका मलय मुखर्जी र निर्वाण कुमार चौधरीको पदावधि क्रमशः साउन ३१ र मंसिर ५ सम्म बहाल रहेकाले बैंक सञ्चालक समितिको सोही दिनको बैठकले दुवैलाई क्रमशः भदौ १ र मंसिर ६ देखि लागू हुने गरी आगामी साधारणसभासम्म सञ्चालक नियुक्त समेत गरेको बैंकका कम्पनी सचिव विनय कुमार रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्