काठमाडौं र ललितपुर कोरोनाको ‘रेड जोन’मा, ४७ जिल्लामा देखियो संक्रमण

काठमाडौं, साउन १५ ।  कोरोनाको त्रास फेरि बढेको छ । पछिल्लो समय नेपालमा संक्रमणमा बिद्ध हुँदै जान थालेको छ । सोहि क्रममा  पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३१३ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा २५२, भक्तपुरमा १५ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।

ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ५०५ पुगेसँगै काठमाडौं र ललितपुर कोभिड १९ को ‘रेड जोन’मा परेका छन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार १४७ पुगेको छ ।

आज देशभरका ४७ जिल्लामा संक्रमित थपिएका छन् । आज देशभर रहेका चार हजार ५६७ जना सक्रिय संक्रमितमध्ये चार हजार ४२४ जना होम आइसोलेसनमा र १४३ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये ३३ जना आईसीयूमा र पाँचजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट दैनिक सर्वसाधारणको मृत्यु हुन थालेको छ। लामो समयसम्म मृत्यु संख्या शून्य रहेकोमा यही साउन १ गतेदेखि कोरोना संक्रमणबाट मृत्यु हुन् थालेको हो।

प्रतिक्रिया दिनुहोस्