सिभिल बैंकका ग्राहकलाई ४० कम्पनी र संस्थामा छुटैछुट
काठमाडौं, साउन १५ । सिभिल बैंकले ग्राहकलाई विभिन्न ४० साझेदारहरुसँग समन्वय गरी छुटको व्यवस्था गरेको छ।
बैंकका ग्राहकले अब ती साझेदारहरुबाट विभिन्न वस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट – मोबाइल बैंकिङ्ग एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने भएका हुन्।
बैंकले हालसम्म यस्ता विभिन्न ४० साझेदारहरुसँग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको जनाएको छ। यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताए।
करिब आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन्। साथै बैंकले गत असार मसान्तसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।
कुन कुन कम्पनी र संस्थामा छुट?
प्रतिक्रिया दिनुहोस्