एकैदिन नेपालमा ६२० जनामा कोरोना संक्रमण पुष्टि , एक जनाको मृत्यु

काठमाडौं , साउन १५ । पछिल्लो समय नेपालमा फेरि कोरोना बढ्दै जान थालेको छ । आज देशभर   २४ घण्टामा थप ६२० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ५८४६ जनामा परीक्षण गर्दा ५८४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

२६५१ नमुनाको पीसीआर परीक्षण गर्दा ४९६ जनामा र ३१९५ नमुनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २९७ जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्