सिभिल बैंकले लिलामी सेयर पुनः निष्काशन गर्ने

काठमाडौं । सिभिल बैंकले लिलामी सेयर पुनः निष्काशन गर्ने भएको छ । संस्थापक सेयर बिक्री नभएपछि सिभिल बैंकले लिलामी सेयर पुनः निष्काशन गर्ने भएको हो । बैंकले पहिलो पटक लिलाममा बिक्री खुला गर्दा १ करोड ३० लाख रुपैयाँ बराबरको मात्र संस्थापक हकप्रद बिक्री भएपछि बाँकी रहेको ३१ लाख २१ हजार ६ सय कित्ता पुनः बिक्री खुला गरेको हो।

बैंकको संस्थापक लिलामी सेयरमा चैत १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

बैंकले पहिलो पटक संस्थापक र सर्वसाधारण दुवै गरी ४२ लाख ३८ हजार ९५८ कित्ता लिलामी सेयर फागुन २३ गतेदेखि चैत १ गतेसम्म निष्काशन गर्दा नबिकेको संस्थापक सेयर पुनः लिलामी गर्न लागेको हो।

बैंकले चुक्ता पुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्‍याउन ४० प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद मंसिर २२ देखि पुस २७ सम्म बिक्री खुला गरेको थियो। उक्त समयमा हकप्रद सेयर बिक्री नभएपछि बैंकले माघ १२ गतेसम्म समय थप गरेको थियो।

बैंकको सेयरको मूल्य मंगलबार दोस्रो बजारमा १ सय ४८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्