गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ लिएर फरार, पीडितले दिए उजुरी
काठमाडौँ , साउन १५ । गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ लिएर फरार भएका छन् ।
योसँगै बचतकर्ताहरूको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितहरूले सहकारी विभागमा उजुरी दिएका छन् ।
आइतबार विभागमा भेला भएर उनीहरूले सामूहिक रूपमा उजुरी दिएका हुन् । सञ्चालकहरूले सात दिनका लागि कार्यालय बन्द गर्ने भनिए तापनि सबै फरार रहेको र बचतकर्ताहरूको रकम फिर्ता नगरेको पीडितहरूको भनाई छ ।
बचतकर्ताहरूको करिब साढे ५ अर्ब रुपैयाँ हिनामिना भएकै कारण उजुरी दर्ता गरिएको पीडित विजय कुमार रञ्जितले बताए । आफूहरूले प्रमाणसमेत राखेर उजुरी गरेको भन्दै विभागले न्याय गर्ने उनको भनाई छ ।
सञ्चालकहरू फरार भएपपछि अहिले सहकारीमा एभरेस्ट बैंकले सूचना टाँस गरेर सिल गरेको पीडितहरूले बताएका छन् । सहभागी विभागले विभागको चल अचल सम्पत्ति रोका गर्न अनुरोध गरेर प्रहरी अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भइसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्