इन्जिनियर्स एशोसिएशनको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको १५ औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा हुँदै छ । सम्मेलनमा विज्ञान प्राविधिक तथा पूर्वाधार विकासका क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका इन्जिनियरले गरेका अध्ययन तथा अनुसन्धानका आधारमा ४५ वटा कार्यपत्र प्रस्तुत गरिने एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा मुलुकको विकासका जल्दाबल्दा समस्या र तिनका समाधानका सम्बन्धमा विभिन्न विषयगत कार्यपत्र प्रस्तुत गरिने छ । प्रत्येक दुई वर्षमा गरिने सम्मेलनमा यसपटक राष्ट्रको पूर्वाधार विकास तथा समृद्धिलाई प्राथमिकतामा राएिको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा जीवराज पोखरेलले मुलुकको संरचनाअनुसार अब प्राविधिक जनशक्तिलाई पूर्वाधार विकासका साथै जनताको जीवनस्तरको सुधारमा उपयोग गर्ने विषयमा छलफल गरिने बताउनुभयो । सम्मेलमा देश तथा विदेशबाट गरी करिब एक हजार इन्जिनियरहरु सहभागी हुने छन् । सम्मेलन ९ गते सम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्