कोरोना बढ्दै : एकै दिन ७१० मा संक्रमण पुष्टि , दुई जनाको मृत्यु

काठमाडौँ , साउन १२ । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पाँच हजार २५ स्वाब परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये दुई हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जनामा र दुई हजार ४८४ जनाको एन्टिजन परीक्षण गर्दा १८६ जनामा कोरोना देखिएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्