बानेश्वरमा चक्कु प्रहारबाट एक युवकको हत्या

काठमाडौं – बानेश्वरमा गए राति चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

दशदेवीनगरमा गएराति सर्लाही हजरीया स्थायि घर भएका २१ बर्षीय पुरुषोत्तम सेढाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अशोक लिम्बू, रोहित चौधरी र सञ्जय राईको समूहले सेढाईंको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तीन जना (लिम्बू, चौधरी र राई) बानेश्वर देवीनगरमा भाडामा (एउटै कोठामा) बस्दै आएका थिए ।

मृतक सेढाईंको निवास(कोठा) उनीहरुको कोठा नजिकै रहेको प्रहरीले जनाएको छ ।

गफ गरेर बसिरहेको बेला विवाद बढ्दै गएपछि उनीमाथि तरकारी काट्ने चक्कु प्रहार गरिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरी प्रहरी वृत्त बानेश्वरका डिएसपी रबि पौडेलले  बताए ।

प्रतिक्रिया दिनुहोस्