संघीय शिक्षा ऐन छिट्टै आउँछ: प्रधानमन्त्री देउवा

काठमाडौं , साउन ७ । संघीय शिक्षा ऐन छिट्टै संसदमा पेश हुने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहित सरोकारवालालाई संघिय शिक्षा ऐनलाई अघि बढाउने सन्दर्भमा छलफल बोलाउने भएका छन् ।

प्रधानमन्त्री देउवा र शिक्षा पौडेलबीच शनिबार बालुवाटारमा संघीय शिक्षा ऐनका सन्दर्भमा छलफल भएको छ । प्रधानमन्त्रीसँगको भेटमा संघीय शिक्षा ऐन, विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दीलगायतको विषयमा गम्भीर छलफल भएको शिक्षामन्त्री पौडेलले जानकारी दिए ।

शिक्षामन्त्री पौडेलले संघिय शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवालाई अनुरोध गरेका थिए । प्रधानमन्त्री देउवाले संघीय शिक्षा ऐन ल्याउन आवश्यक सहयोग गर्ने र छिट्टै संसदमा टेबल हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्