थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जना निको भए

काठमाडौं, साउन ४ । पछिल्लो २४ घण्टामा देशभर ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ९८१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ५६२ नमुनाको पीसीआर र १ हजार ४१९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। पीसीआरबाट ३४० र एन्टिजेनबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार थप ४६ जना कोरोनामुक्त भएका छन्। हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २ हजार २७६ रहेको छ।

प्रतिक्रिया दिनुहोस्