कुमारी बैंकका ग्राहकलाई होटेल एवान लभली स्टारमा विशेष छुट

काठमाण्डौ, साउन ४ । कुमारी बैंक र लमही, दाङ्गस्थित होटेल एवान लभली स्टारबीच सम्झौता भएको छ िकुमारी बैंकका ग्राहकलाई होटेल एवान लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्बन्धी समझदारी भएको हो ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्य मार्फत होटेल एवान लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५ प्रतिशत र फुडिङ्ग शुल्क १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ
सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्