मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

काठमाडौं, साउन ४ ।  मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित भएको छ ।

वर्ल्ड कन्फरेडेशन अफ बिजनेशद्वारा आयोजना गरिएको बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ बाट बैंक सम्मानित भएको हो ।

विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट बैंक सम्मानित भएको हो ।

सो कार्यक्रमको आयोजना कर्ताले विश्वभरिका १३० वटा देशहरूका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्