१० हजार सैनिक ब्यारेक मापदण्डविपरित

काठमाडौं  ।  नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्साबिनै बनाइएको पाइएको छ । भवन निर्माणसम्बन्धी बनेको नियम, निर्देशिका र आचारसंसहताको पालना नगरी सेनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको हो ।

भन्द्रकालीस्थित सैनिक कार्यालय परिसरभित्रका संरचना पनि नक्सापास नगरी बनाइएको छ । यसरी व्यावसायिक प्रयोजनका भवनदेखि फौज बस्ने स्थलसम्म नक्सापासबिनै बनाउन कानुनका उल्लंघन मात्र नभइ प्रकोपका बेला असुरक्षा हुने डर पनि हुने जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्