बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ

काठमाडौं, साउन १ । सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन्।

उनीहरुले काठमाडौंका सडक बालबालिकालाई ललाइफकाई भारत लगेर मिर्गौला बेचेको प्रहरीको आरोप छ।

उनीहरूले समूह बनाइ कसैले काठमाडौंको सडक पेटीमा बालबालिकासँग चिनजान गरी मिर्गौला बिक्रीका लागि विभिन्न लोभ देखाउने, कसैले मिर्गौला ग्रहणकर्ता खोज्ने र काठमाडौंका पोलिक्लिनिकमा मिर्गौला दाताले गर्नुपर्ने रगत जाँच गराई भारतको कोलकत्ता लैजाने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनीहरुमाथि मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्