गभर्नर अधिकारीको राजीनामा माग्दै राष्ट्रबैंक घेराउ गर्न पुगेका माओवादी विद्यार्थी पक्राउ

काठमाडौं ,साउन १ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंकमा घेराउ गर्न पुगेका सत्तारूढ दल माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

गभर्नर अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने उदेश्यले आइतबार बिहान १० बजेनै अखिल क्रान्तिकारी र नेविसंघका कार्यकर्ता बालुवाटारस्थित राष्ट्र बैकको गेट अगाडि धर्ना दिन पुगेका अखिल क्रान्तिकारीका ५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घेराउ र प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थी कार्यकर्ताबीच केहीबेर धकेलाधकेल समेत भएको थियो । त्यसपछि राष्ट्र बैक अगाडि प्रहरीको बाक्लो तैनाथ गरिएको छ ।

नेकपा एमालेको अर्थ तथा योजना विभागमा गभर्नर अधिकारी पनि सदस्य रहेको आरोपपछि सत्तारूढ दलहरूले गभर्नर अधिकारीले पदत्याग गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्