राप्रपा नेपाललाई ‘गाई’ चिह्न नदिने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च आदेश

काठमाडौँ , आसर ३१ ।   सर्वोच्च अदालतले राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अध्यक्ष थापाले बिहीबार चुनाव चिह्न ‘गाई’ माग्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले शुक्रबार अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न आयोग र रिट निवेदक दुवै पक्षलाई साउन ४ गते बोलाएको छ ।

कमल थापाले संविधान र कानुनले ‘गाई’ चिह्न निषेध नगरेको बताउँदै विगतमा राप्रपा नेपालले सोहि चिह्नबाट चुनाव लडेकाले ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी भएको बताउदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्