एकैदिन थपियो ओम डेभलपमेन्ट बैंकको उपत्यकामा ३ नयाँ शाखा

काठमाडौं । ओम डेभलपमेन्ट बैंक (ODBL) ले काठमाण्डौंमा एकैदिन ३ वटा नयाँ शाखाहरुको उद्धघाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले मंगलबार काठमाण्डौंको गोंगबु, र बानेश्वर तथा ललितपुरको सातदोबाटोमा नयाँ शाखाकाे उद्घाटन गरेका हुन् ।
विस्तारित ३ शाखासँगै ओमको शाखा सञ्जाल ५२ र एटिएम संख्या ११ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईरहेको जानकारी दिँदै बैंकले ७५ हजार देखी ७५ करोडसम्म कर्जा लगानी गर्ने बताए ।

बैंकले ३९९ कर्मचारी मार्फत ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा समेत प्रदान गर्दे आईरहेको छ ।

दुई लाख ३१ हजार ग्राहक संख्या रहेको बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्