हिमालयन र सिभिल बैंकले गरे मर्जर सम्झौता, सीईओ अशोक राणा रहने

काठमाडौं, असार २९ । हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने निश्चित भएको छ।

दुई बैंकबीच बुधबार मर्जर सम्झौता भएको हो। आज भएको सम्झौतापत्र अनुसार सञ्चालक समितिका अध्यक्ष हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीईओ अशोक राणा हुनेछन्।

हिमालयन बैंकले १००ः८१ को अनुपातमा सिभिललाई मर्जर हुन लागेको हो। अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ।

यसअघि हिमालयन बैंक र इन्भेष्टमेनट बैंक समेत मर्जरमा जाने समझदारी भएको थियो। तर अन्तिम समयमा तोडिएको थियो।

प्रतिक्रिया दिनुहोस्