एकैदिन २०६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं , असार २९ । एकैदिन २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३१७५ नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २०८२ नमूनाको पीसीआर र १०९३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट १७७ जना र एन्टिजेनबाट २९ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोनाबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

बुधबार थप ४५ जना कोरोनामुक्त भएका छन्। नेपालमा हाल १००५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६३ हजार ३८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्