अभियान लघुवित्तको करिब १० करोडको आइपीओ आउँदै

काठमाडौं, असार २८ । धितोपत्र बोर्डमा नयाँ प्रमुख आएपछि प्राथमिक शेयरको निर्णय भटाभट हुन थालेका छन् ।

असर महिनामा मात्र ४ कम्पनीले आइपीओ निष्कासन गरेका छन् भने त्यो क्रम साउनमा पनि निरन्तर चल्ने भएको छ ।

यसैबीच नेपाल धितोपत्र बोर्डले अभियान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको लागि अनुमति दिएको छ ।

अभियानले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको हो ।

अभियानको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्