आउने भयो दोर्दीखोला जलविद्युत कम्पनीको आइपिओ

काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले आईपिओ निष्कासनको प्रस्ताव राखि चैत २८ गते साधारण सभा बोलाएको छ ।

साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि आईपिओ निष्कासनको काम अघि बढ्नेछ ।

कम्पनीले लम्जुङमा १२ मेगावाटको दोर्दीखोला एक आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो डेढ वर्षमा सम्पन्न हुने लक्ष्य कम्पनीको दिएको छ ।

आयोजनाको अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक, कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी छ ।

प्रतिक्रिया दिनुहोस्