सूर्या लाईफको ४० प्रतिशत हकप्रद स्वीकृत, चुक्ता पूँजी एक अर्ब कायम हुने
काठमाडौं । सूर्या लाईफको ४० प्रतिशत हकप्रद स्वीकृत भएको छ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी (SLICL) को ४० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएको हो । कम्पनीले चैत १ गते अनुमति प्राप्त गरेको हो ।पुस २४ गते १० बराबर चार अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा दिएको थियो ।
कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारण सभाले १० प्रतिशत बोनसपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
हकप्रद जारी गर्न इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी तोकोको छ ।
जीबन बीमा कम्पनीले बीमा समितिको निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुई अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ करोड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।
चालु आर्थिक वर्षको दोस्रा त्रैमासमा इन्स्योरेन्सले ७ करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७१५ रुपैयाँ रहेको छ ।
७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि एक अर्ब एक करोड ६ लाख रुपैयाँ कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस्