गुहेश्वरी मर्चेन्टको असोज २७ गते सेयरधनी किताब बन्द

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेडले कात्तिक १२ गते देखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ४० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री गर्न लागेको हो ।

असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।

हाल फाइनान्सको चुक्तापूँजी ४९ करोड ३४ लाख रहेको छ । हकप्रदपछि फाइनान्सको चुक्तापूँजी ६९ करोड ८ लाख पुग्नेछ ।

फाइनान्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्