सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता
काठमाडौं, असार २३ । सानिमा बैंकले अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ।
सम्झौतामा बैंकका ग्राहकले सानिमा डेबिट तथा क्रेडिट कार्ड र क्यूआर स्क्यान मार्फत सानिमा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन्।
बैंकका गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस्