१६ वर्षपछि विद्युत् प्राधिकरण डेढ अर्ब नाफा कमाउन सफल

काठमाडौं ।१६ वर्षपछि विद्युत् प्राधिकरण डेढ अर्ब नाफा कमाउन सफल भएको छ ।  आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको हो ।

२०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो । गत वर्ष १ अर्ब ५० करोड बराबर घाटा हुने अनुमान गरिएको थियो भने गत भदौमा सम्पन्न प्राधिकरणको वार्षिकोत्सवमा ९७ करोड ८९ लाख घाटा देखाइएको थियो  ।

तर, प्राधिकरणको अन्तिम लेखापरीक्षणका क्रममा आश्चार्यजनक नतिजा देखिएको छ ।

दोस्रो आर्थिक पुनर्संरचना २०७३-०७४ पछि समायोजन गरिएका आधारमा विवरण तयार भएको र वित्तीय विवरणबारे अन्तिम प्रतिवेदन बाँकी रहेकोले केही संशोधन हुनसक्ने प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्