जब धनुषामा ८३ लाख रुपैंयाँले भरिएको बोरा भेट्टियो…

काठमाडौं, असार २१ । धनुषा प्रहरीले ठूलो रकमसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ आज ९मंगलबार० सशस्त्र प्रहरीले बरामद गरेको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका- १ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिएका छन् ।

ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका-५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको कटुवालले बताए । बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्