बस दुर्घटनामा एक महिलाको मृत्यु,१०भन्दा बढी घाइते ,एक बेपत्ता

काठमाडौं  ।  बागलुङको पश्चिम क्षेत्रमा पर्ने ढोरपाटनमा यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। भने चालक सहित १० जना घाइते भएका छन्।

दुर्घटनामा परी अन्दाजी ६५ वर्षीय महिलाको मृत्यु भएको हो ।  मृत्तकको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिएका छन्। मध्यपहाडी लोकमार्ग हुँदै बुटवलबाट बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा मंगलबार बिहान दुर्घटना भएको हो।

बस अनियन्त्रित भइ सडकबाट १५ मिटर तल बडिगाड खोलामा खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । घाईते हुनेहरुमा चालक पाल्पा जिल्ला रिप्तीकोट – ५  का ४७ वर्षीय कलबहादुर थापा,उनका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर बिक, १८ वर्षीय झकास बिक, भारत रामपुर रतनपुरा बस्ने बर्ष ३३ का मुस्तेतार अलि,  सोही स्थानका २२ वर्षीय युवराज खान,  ढोरपाटन ८ का बर्ष १५ कि चन्द्रमला बिक, बर्ष २२ का सुभाष बिक, बर्ष ९ कि आशिका बिक घाइते भएका छन् । घाइतेहरूको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुई जनालाई मध्यम खालको चोट लागेको छ भने अन्य सामान्य अवस्थामा रहेका छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक रानाले बताए।

प्रतिक्रिया दिनुहोस्