काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

काठमाडौँ , असार १९ । सिटिजन्स बैंकले काठमाडौं उपत्यकामा थप ३ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको ठूलो भर्‍याङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । काठमाडौं उपत्यकाभित्र बैंकका शाखा संख्या ३२ पुगेको छ ।

सुविधा सम्पन्न यी शाखाबाट सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिइएको बैंकले जनाएको छ । बैंकले हालसम्म १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेको छ । करिब १४ लाख ग्राहक पुगेको र कर्जा निक्षेप अनुपातका साथै अरु वित्तीय सूचक पनि नियामकले तोकेबमोजिम रहेको बैंकले जनाएको छ ।

बैंकले यस अघिबाटै कियोस्क, ईकेवाईसी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधा संचालन गरिरहेको छ । बैंकका देशभर १७७ वटा शाखा, १२९ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाइ सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्