आईएमई जनरल र ग्यालेक्सीबीच सेवामा छुट दिने सम्झौता

काठमाडौं , असार १९ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसलिटी क्लिनिक प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सीका प्रबन्धक निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका छन् ।

आईएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकहरूलाई ग्यालेक्सी क्लिनिकबाट उपलब्ध हुने एक्सरे, यूएसजी, ईसीजी, ईसीएचओलगायत सेवाहरूमा १० प्रतिशत र ओपीडीमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्यालेक्सीसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा यस इन्स्योरेन्सबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्