अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच बीमासम्बन्धी सम्झौता

काठमाडौं, असार १७ । अजोड इन्स्योरेन्स लिमिटेड र ज्यापु समाज यलबीच सम्झौता भएको छ।

ज्यापु समाज यलसँग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न सो सम्झौता भएको हजोड इन्स्योरेन्सले जनाएको छ।

अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्