माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो
काठमाडौं, असार १७ । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग स्थित सिम्लेमा नयाँ शाखा विस्तार गरि संचालनमा ल्याएको छ ।
बैंकले आज औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुदघाटन गरेको हो ।
१६५ औ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल , थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य एंव माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले युक्त रुपमा समुद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालको पनि उपस्थिती रहेको थियो ।
धादिङ्ग जिल्लामा खोलिएको नयाँ शाखा सगैँ यस जिल्लामा मात्रै बैंकका ४ वटा शाखा सञ्चालनमा रहेका छन् ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।
प्रतिक्रिया दिनुहोस्