बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशत छुट

काठमाडौं, असार १७ । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टरबीच व्यावसायिक सम्झौता भएको छ।

फिटनेस सेन्टरमा बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो।

सम्झौतापश्चात् ग्राहक महानुभावहरुले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवाहरुमा एकमुष्ठ २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्