समृद्धि फाइनान्सद्धारा बुटवलमा वृक्षारोपण कार्यक्रम

काठमाडौं, असार १२ । समृद्धि फाइनान्सले बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । अषाढ १० गते उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका फाइनान्सले बताएको छ ।

बुटवल वडा न.१३ मा रहेको मिलन पार्कमा पार्ककी अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तर दायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले बताए ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखा बाट सेवा प्रवाह गर्दै आएको छ । शाखा सञ्जालविस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्