युवतीको अश्लील भिडियो भेटेपछि ७ करोड बार्गेनिङ , पक्राउ परेका सातै जना धरौटीमा रिहा

काठमाडौँ , असार १२ । युवतीको अश्लील भिडियोमार्फत् ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा पक्राउ परेकाहरूलाई धरौटीमा रिहा हुने आदेश भएको छ ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्कीको इजलासले सातै जनालाई धरौटीमा रिहा हुन आदेश दिएको हो । तीन जना जनही साढे २ लाख, दुई जनालाई जनही २ लाख र बाँकी दुई जना जनही एकरएक लाख धरौटीमा रिहा गर्ने आदेश भएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता गंगा पौडेलले जानकारी दिए ।

चितवनको भरतपुर ११ घर भइ काठमाडौँको सिनामंगल बस्ने ३२ वर्षीय वर्षीय सुरज शर्मा र काठमाडौँको सिनामंगल बस्ने ३३ वर्षीय श्रवण कार्की जनही एक लाख धरौटीमा रिहा भएका हुन् ।

बझाङको खप्तडछान्ना ७ घर भइ काठमाडौँको कोटेश्वर बस्ने २९ वर्षीय धर्मराज थापा र कालिकोटको सान्नित्रिवेणी ८ घर भइ काठमाडौँको बूढानीलकण्ठ बस्ने २९ वर्षीय टेक विक जनही दुई लाख धरौटीमा रिहा भएका हुन् ।

उदयपुरको त्रियुगा १० घर भइ हाल काठमाडौँको गोठाटार बस्ने २१ वर्षीय सुजन आचार्य, काभ्रेको तेमाल–२ घर भइ काठमाडौँको काँडाघारी बस्ने ३३ वर्षीय रमेश भण्डारी र गुल्मीको धुरकोट २ घर भइ काठमाडौँको रातोपुल बस्ने २९ वर्षीया वसन्त खनाल जनही साढे २ लाख धरौटीमा रिहा भए ।

उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा चलाइएको थियो । उनीहरू मध्ये केही पत्रकार समेत हुन् । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट गत जेठ १३ गते ७ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका सुजन आचार्य यसअघि पनि नक्कली हिरा देखाएर ठगी गरेको तथा लुटपाटको आरोपमा मकवानपुरमा पक्राउ परेका थिए । आफूलाई पत्रकार हुँ भन्दै उनले अरु व्यक्तिलाई पनि ठगी गरेको देखिएको थियो ।

यस्तै, कालिकोटका टेक विक नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको खुलेको पाइएको थियो । अघि नेकपा एमालेका नेता तथा सांसद् गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम राखेको आरोपमा पनि उनी पक्राउ परेका थिए । एक युवतीले आफ्नो ल्यापट बिग्रिएपछि मर्मतका लागि दिएकी थिइन् । मर्मत गर्ने ठाउँबाट ती युवतीको अश्लील भिडियो यो समूहले हात पारेको अनुसन्धानबाट खुलेको थियो ।

ल्यापटप मर्मत गर्ने क्रममा अश्लील भिडियो भेटेपछि यो गिरोहसम्म उक्त भिडियो पुगेको थियो । त्यसपछि उनीहरूले त्यही भिडियोमार्फत् ती युवतीसँग ७ करोड रुपैयाँ बार्गेनिङ गरेको अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्