भृकुटी मण्डपमा अहिलेसम्मकै ठूलो जुत्ताचप्पलको मेला

काठमाडौं। फुटवेयर मेनुफ्याक्चर एसोसिएसनले नेपाली जुत्ताघर सहकायमा काठमाडौंको भृकुटीमण्डपमा फुटवेयर बिजनेस एक्स्पो गत विहिवारबाट सुरु गरेको छ । चैत्र २५ सम्म चल्ने उक्त एक्पोको उद्घाटन प्रदेश नम्वर तीनका अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेलले गरेका हुन ।

एक्स्पोमा ७५ वटा स्टल राखिएको छ । स्वदेशी ब्राण्डका उत्पादनलाई प्रोत्साहन गर्दै उपभोक्तालाई सस्तोमा जूत्ता उपलब्ध गराउनु मेलाको मुख्य उदेश्य भएको आयोजकले जनाएको छ ।
यस मेलाले गर्दा ग्राहकहरुलाई भारी छुटमा जुत्ताचप्पल किन्ने अवसर जुरेको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको यो जुत्ताचप्पल मेला अहिलेसम्मको ठूलो भएको आयोजकको दावी छ । नेपालका उत्कृष्ट ब्राण्डहरुको सहभागिता भएको यस मेलामा ब्यवसायीले भारी छुटमा जुत्ताचप्पल उपलब्ध गराउने बताएका छन् ।

शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले मेलामा जुत्ताचप्पल किन्न आएका ग्राहकलाई १ सय रुपैयाँदेखि १० हजार रुपैयाँ मुल्य सम्मका जुत्ताचप्पल मेलामा राखिएको बताए।
फुटवेयर मेनुफ्याक्चर एसोसिएसनले नेपाली जुत्ताघरसँग मिलेर यस मेलामा अधिकांश जुत्ताचप्पल उत्पादकलाई एउटै छानामुनि समेटेको प्रवन्ध निर्देशक प्रसाईले बताए ।

मेलामा शिखर, रन, हाइलाइफ, विएफडियर हिल, क्रस रोड, केडी सुज, रोयल, स्काइ, मकालु, सुल्याण्ड, कोशेली, ल्याण्डवाक, जुम स्टाइल, फस्ट वाक, वोस, ह्याप्पी, टाकुरा, फिटराइट, लि बर्डलगायत ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । स्वदेशी जुत्ताचप्पलका सेल मेला बेलाबेलामा हुने गरे पनि यति धेरै ब्राण्ड एकै ठाउँमा सहभागी भएको मेला भने राजधानीमा यो पहिलो भएको आयोजक नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायको दावी गरे ।

यस मेलामा महिला तथा पुरुषका लागि दर्जनौ प्रकारका जुत्ताचप्पल उपलब्ध छन् । मेला विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्