कोरोना अपडेटः थप ४३ जनामा संक्रमण पुष्टि

काठमाडौं , असार १० । नेपालमा केहिदिन यता कोरोना फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १७७ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

यस्तै कोरोनाका १ जना विरामीको भेन्टिलेटरमा उपचार भइरको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०९ पुगेको छ ।

कोरोनाबाट आज भने कसैको पनि मृत्यु भएन् । नेपाल कोरोनाका कारण ज्यान जानेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै ९ लाख ६७ हजार ३५६ जना संक्रमणमुक्त भएका छन् ।संक्रमण बढ्न थालेकाले सावाधानि अपनाउन मन्त्रालयले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्