नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं , असार १० । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । राज्यमन्त्री श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको भन्दै त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने उनको भनाइ रहेको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढन निजी क्षेत्रलाई सचेत गराउँदै राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान समेत गरेका छन् ।

नेपाल उच्च शिक्षाको हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले लगानी बढाउन निजी क्षेत्रलाई आग्रह  गरेका हुन् । उनले सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने समेत बताए ।

राज्यमन्त्री श्रेष्ठले शैक्षिक क्षेत्रमा विदेशिनी लगानी रोक्न सरकारले नेपाललाई एजुकेशन हब बनाउन नीतिगत, कानूनी र संरचनागत व्यवस्था गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्