सिटिजन्स बैंक र अलफ्ट काठमाडौं ठमेल बीच समझदारी

काठमाडौं, असार १० । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छाँयाँ देवी कम्प्लेक्स, ठमेल स्थित अलफ्ट काठमाडौं ठमेल बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युलकफि सप र एक्वाबारमा १०% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुन सुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७५ वटा शाखा, १२७ वटा ए.टि.एम. र ९५ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्